२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा राष्ट्रपतिले सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले असारको २० वा २१ गते सम्बोधन गर्ने नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईले बताए । 

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट जानकारी आएको बताएका थिए ।

राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी छैनन् ।