२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

होली भन्नसाथ २०१४ को त्यो दिन याद आउछ, जुन दिन नेपालले हङकङलाई हराएको थियो



२०१४ मा बसन्तपुरमा हङकङबिरुद्ध नेपालको खेल हेर्न बसेका समर्थकहरु ।
अ+ अ-

काठमाडौँ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा होली मनाउने प्रचलन छ । होली भन्न साथ सम्पुर्णमा होलिको टिसर्ट अनि रङको याद आउँछ । तर, हामी नेपाली क्रिकेट समर्थकलाई भने होली भन्न साथ २०१४ याद आउँछ । होलीको रौनक हुने बसन्तपुरमा त्यतिबेला क्रिकेटको पर्व थियो ।

२०७० चैत २ गते आईतबार (मार्च १६ २०१४) नेपालले ट्वान्टी–२० विश्वकपको पहिलो खेल हङकङबिरुद्ध खेलेको थियो । देशले पहिलो पटक विश्वकप खेल्न्न लाग्दा घरै पिछे समर्थक थिए । साझ ७:१५ बजेबाट  सुरु हुने खेलमा समर्थकहरु नेपालको जर्सी लगाएर खेल कुरिरहेका थिए । होलीको उत्सवमा झुमेका नेपालीहरुलाई खुशी त त्यति बेला मिल्यो जब नेपालले हङकङलाई हरायो । बङ्गलादेशको शेरे बङ्गला नेसनल स्टेडियममा भएको खेलमाा नेपालले हङकङलाई ८० रनले हराएर ईतिहास रचेको थियो ।

त्यतिबेला, कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले १४९ रन बनाएको थियो । पारस खड्काले ३७ बलमा ४७ रन बनाएका थिए भने ज्ञानेन्द्र मल्लले ४१ बलमा ४८ रन बनाए । ओपनर सुवास खकुरेल र सागर पुनले क्रमश: २२ र १३ रन बनाएका थिए ।

१५० रनको लक्ष्य पछ्याएको हङकङका ओपनर इरफान अहमदलाई कप्तान खड्काले इनिङ्सको पहिलो बलमा नै आउट गराएका थिए । पारसले लिएका पहिलो विकेटसँगै हङकङका विकेटहरु झर्न थाले । हङकङका कुनै पनि ब्याट्सम्यानले २० रनभन्दा बढी रन बनाउन सकेनन् भने चार ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए ।

वसन्त रेग्मी र शक्ति गौचनको उत्कृष्ट बलिङले हङकङ ६९ रनमा सिमित रह्यो । त्यतिबेला,वसन्त र शक्तिले तीन–तीन विकेट लिएका थिए ।गौचनलाई ४-०-९-३ को उत्कृष्ट ईनिङ खेलेकोमा म्यान अफ द म्याचको अवार्ड दिइएको थियो ।

पहिलो पटक क्रिकेट विश्वकप खेलेको नेपालको त्यो जितले नेपालमा ठुलो उत्सव छाएको थियो । देशको ऐतिहासिक विजयको उत्सव मनाउन काठमाडौंका सडक समर्थकहरुले भरिएका थिए । होलीको पर्व त छदै थियो त्यसपछि नेपालमा अर्को पर्व पनि थपिएको थियो, त्यो हो क्रिकेट ।




भर्खरै