४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सुटिङकै क्रममा हृदयघातको शिकार बनिन् अभिनेत्री सेन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सुस्मिता सेनले हालै सामाजिक सञ्जालमार्फत आफूलाई हृदयघात भएको बताएकी थिइन् ।

अहिले आएका खबरहरुका अनुसार २७ फेब्रुअरीमा उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन उनको एन्जियोप्लास्टी पनि गरिएको थियो ।

तीन दिन अस्पतालमा बसेपछि मार्च १ मा उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अस्पतालबाट निस्किएपछि २ मार्चमा सुस्मिताले आफ्नो रोगको बारेमा संसारसामु सुनाइन् । हृदयघातको खबर सुनेपछि उनका साथीभाइ र फ्यानले उनको लागि प्रार्थना गरेका थिए ।

सुस्मिता आफ्नो एउटा प्रोजेक्टको सुटिङ गरिरहेकी थिइन् । जब उनले सेटमा असहज महसुस गरिन्, त्यहाँ उपस्थित चिकित्सकले उनको छाती जाँच गरे । त्यहाँबाट उनलाई तत्काल अस्पताल लगियो । जहाँ मुटुका डाक्टरले उनलाई एन्जियोप्लास्टी गर्न सल्लाह दिए ।

एन्जियोप्लास्टी एक सर्जिकल प्रक्रिया हो जसमा हृदयको मांसपेशीमा रगत आपूर्ति गर्ने रक्त नलीहरू खोलिन्छ । यी रक्तनलीहरूलाई कोरोनरी धमनीहरू पनि भनिन्छ। हृदयघात वा स्ट्रोक भएपछि उपचारका लागि मात्रै चिकित्सकहरू एन्जियोप्लास्टीको सहारा लिने गर्छन् ।