९ श्रावण २०८३, शनिबार
,
Latest
विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सुटिङकै क्रममा हृदयघातको शिकार बनिन् अभिनेत्री सेन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सुस्मिता सेनले हालै सामाजिक सञ्जालमार्फत आफूलाई हृदयघात भएको बताएकी थिइन् ।

अहिले आएका खबरहरुका अनुसार २७ फेब्रुअरीमा उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन उनको एन्जियोप्लास्टी पनि गरिएको थियो ।

तीन दिन अस्पतालमा बसेपछि मार्च १ मा उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अस्पतालबाट निस्किएपछि २ मार्चमा सुस्मिताले आफ्नो रोगको बारेमा संसारसामु सुनाइन् । हृदयघातको खबर सुनेपछि उनका साथीभाइ र फ्यानले उनको लागि प्रार्थना गरेका थिए ।

सुस्मिता आफ्नो एउटा प्रोजेक्टको सुटिङ गरिरहेकी थिइन् । जब उनले सेटमा असहज महसुस गरिन्, त्यहाँ उपस्थित चिकित्सकले उनको छाती जाँच गरे । त्यहाँबाट उनलाई तत्काल अस्पताल लगियो । जहाँ मुटुका डाक्टरले उनलाई एन्जियोप्लास्टी गर्न सल्लाह दिए ।

एन्जियोप्लास्टी एक सर्जिकल प्रक्रिया हो जसमा हृदयको मांसपेशीमा रगत आपूर्ति गर्ने रक्त नलीहरू खोलिन्छ । यी रक्तनलीहरूलाई कोरोनरी धमनीहरू पनि भनिन्छ। हृदयघात वा स्ट्रोक भएपछि उपचारका लागि मात्रै चिकित्सकहरू एन्जियोप्लास्टीको सहारा लिने गर्छन् ।