२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना खोप लगाएकाले श्री एयरलाइन्सबाट १० प्रतिशत छुट पाउने



फाईल फोटो
अ+ अ-

काठमाडौं । श्री एयरलाइन्समा यात्रा गर्ने कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका यात्रुले १० प्रतिशत छुट पाउने भएका छन् ।

उडानलाई थप सुरक्षित बनाउन र सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहित गर्न यस्तो योजना ल्याइएको एयरलाइन्सले जनाइएको छ। 

यो छुट योजनामा सहभागी हुने यात्रुले कोरोना खोप लगाइसकेपछि सरकारले प्रदान गरेको कार्ड भने अनिवार्य रुपमा पेस गर्नुपर्नेछ ।

श्री एयरलाइन्सको जुननुकै काउन्टरबाट टिकट काटे पनि यो छुट पाउन सकिनेछ। श्रीले अहिले नेपालगञ्ज, पोखरा, भैरहवा, विराटनगर, धनगढी, सिमरा र भद्रपुरमा उडान गर्दै आएको छ ।