२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए जापानको  उपाध्यक्षमा बिष्णु प्रसाद घिमिरेले उम्मेदवारी दिने



अ+ अ-

जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न अधिवेशनमा बिष्णु प्रसाद घिमिरेले उपाध्यक्ष पदमा लागि आफ्नो दाबी पेश गर्नुभएको छ ।  

वर्तमान कार्यसमितिका सचिव पदमा रहनुभएका घिमिरेले  विगत ११ बर्ष देखीको आफ्नो क्रियाशिलतालाई अझै बिस्तार गर्न उपाध्यक्षमा उम्मेवार दिन लागेको बताउनुभयो ।  

उहाँले एन आर एन ए नागोया क्षेत्रीय समिति उप संयोजक (२०११–२०१३) बाट क्षेत्रीय संयोजक हुदै बर्तमान कार्यसमितिमा सचिव पदको भूमिका निर्बाह गर्दा जापानमा रहेका नेपालीहरुको समस्यका बारेमा राम्रोसँग अवगत भएको भन्दै उम्मेदवारीको लागि अगि सरेको जानकारी गराउनुभयो ।  

साहित्यीक क्षेत्रमा समेत क्रियाशिल घिमिरेका केही कृतिहरु समेत प्रकाशन भएका छन् ।  

हाल मियकेनको योक्काईचीमा रहेर व्यापार व्यवसाय गर्दै आउनु भएका घिमिरे  ऊनी योकाइचि कै किता रोटरी मा सदस्यका रूपमा काम गर्दै आउनुभएको छ ।  

घिमिरेको  पहलमा सोही क्लबबाट चितवनको २ विद्यालयलाई सहयोग सामग्री समेत जुटाउनुभएको छ ।