काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३४५१ संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५६६ जनाको पिसिआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरी १० हजार ५९६ परीक्षण गरिएको थियो ।
नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन परीक्षणबाट ३६ हजार ७५५ जनामा कोरोना संक्रमण पाइएको छ ।
त्यसमध्ये ६ लाख ३ हजार ६०० संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ९ हजार १७९ जनाको मृत्यु भएको छ ।