२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन दुर्व्यवहार प्रति उच्च प्रतिष्ठित महिलाहरूले खुलाए यस्तो तथ्य



अ+ अ-

काठमाडौं । २०० जनाभन्दा बढी चर्चित महिलाहरूले सामाजिक सञ्जालका मञ्चहरूमा हुने दुर्व्यवहार रोक्नका लागि ठोस कदम चाल्न आह्वान गर्दै लेखिएको पत्रमा हस्ताक्षर गरेका छन्।

अस्ट्रेलियाकी भूतपूर्व प्रधानमन्त्री जुलिआ गिलार्ड, भूतपूर्व अमेरिकी टेनिस खेलाडी बिली जीन किङ र ब्रिटिश अभिनेत्रीहरू थ्याण्डी न्यूटन र एमा वाट्सन जस्ता उच्च ओहदा र प्रतिष्ठा भएका महिलाहरूले हस्ताक्षर गरेका पत्र यूएन जेनरेशन इक्वलिटि फोरममा प्रकाशित छ।

जुलिआ गिलार्डले बीबीसीसँग कुरा गर्दै भनिन्, "अष्ट्रेलियाको प्रधानमन्त्रीको पदमा रहँदा अन्य सार्वजनिक ओहोदामा रहेका महिलाहरूले जस्तै मैले पनि सामाजिक सञ्जालमा लैङ्गिकताका आधारमा चर्को दुर्व्यवहारको सामान गर्नुपर्‍यो। अश्लील कार्टुनहरू समेत सञ्जालमा फैलाइए।"

उनले त्यस्ता गतिविधिले आफूलाई ूमहिलाले अझै पनि यस्तो प्रकारको दुर्व्यवहारको सामना गर्नु परिरहेको भनेर आक्रोशित र हताश बनाएको ू पनि बताइन्।

उक्त पत्र फेसबुक, गुगल, टिकटक र ट्विटरका प्रमुख कार्यकारीहरूलाई सम्बोधन गरेर लेखिएको छ। र त्यसमा "तपाईँहरूको उत्पादनको मञ्चमा महिलाहरूको सुरक्षाको विषयलाई प्राथमिकतामा राख्नुहोस्" भनिएको छ।

प्रतिबद्धतामा ती सामाजिक सञ्जालका प्रमुखहरूले अनलाइनमा हुने दुर्व्यवहारको जानकारी दिने प्रणालीलाई सुधार गर्ने र प्रयोगकर्ताहरूले देख्ने र उनीहरूसँग ककसले अन्तर्क्रिया गर्न पाउने भन्ने पनि छान्ने अथवा फिल्टर गर्ने बताएका छन्। तर केही अभियानकर्ताहरूले यस्ता प्रतिबद्धताहरू पर्याप्त नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

"यस्ता खाले अमूर्त वक्तव्यहरूले ती प्रविधि कम्पनीहरूलाई प्रचारप्रसारको राम्रो अवसर त उपलब्ध गराउलान् तर यी वास्तविक प्रतिबद्धताहरू होइनन्," लुचिना डि मेकोले बताइन्। उनी ३क्जभएभचकष्कतभम न्यिदब िनामक संस्थाको सह संस्थापक हुन् र यो संस्थाले महिला विरुद्ध अनलाइनमार्फत हुने आक्रमणका विषयमा काम गर्छ।

उक्त पत्रको ब्यहोरामा लेखिएको छः  "इन्टरनेट भनेको २१औँ शताब्दीमा चौबाटोको चोक जस्तै हो। जहाँ विभिन्न बहसहरू हुन्छन्, समुदायहरूको निर्माण हुन्छ, उत्पादनहरू बेचिन्छन् र मानिसका प्रतिष्ठाहरू पनि बन्छन्। तर जुन स्तरमा महिला विरुद्ध यहाँ दुर्व्यवहार हुने गरेको छ यी डिजिटल चोकहरू धेरै महिलाहरूकालागि असुरक्षित छन्।" (एजेन्सी)