• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

विश्वकप लिग–टू: नेपाललाई दोस्रो झट्का



काठमाडौँ । यूएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले दुई विकेट गुमाएको छ ।

पिएनजीले दिएको १८० को लक्ष्य पछ्याएको नेपालले ५ ओभरको खेल सकिदा दुईटा विकेट गुमाएको छ । नेपालका लागि ब्याटिङ गरेका ज्ञानेन्द्र मल्ल २० बलमा ६ रन बनाएर आउट भए ।

यसअघि ओपनर कुशल भुर्तेल पहिलो बलमै शून्य रन बनाएर आउट भएका थिए। भुर्तेललाई पिएनजीका सेमो कमिआले पहिलो बलमै आउट पार्दै पेभिलियन फर्काए ।