२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ-मुग्लिन सडकमा ठाउँठाउँमा पहिरो, बेहुली लिन गएका ६ बेहुला बाटैमा अलपत्र



अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन् ।  सडकखण्डको चार किलो र पाँच किलोमा पहिरो जाँदा शुक्रबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ। 

बिहान सात बजेतिर फेरि मुग्लिनदेखि सात किलो मिटर पर जलबिरेमा पहिरो गएपछि सडक अवरुद्ध बनेको छ । जलबिरेको पहिरोमा एउटा ट्रकको आधा भागसमेत पुरिएको थियो ।  यस्तै सो सडकखडमा बेहुली लिन गएका जन्तीसहित ६ बेहुलाहरु अलपत्र परेका छन् । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।