२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना निको हुने दर ९४  प्रतिशत



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना  सङक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५६६ जनाको पिसिआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३९१ र ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।सोही अबधिमा देशभर ३४  सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौहजार १७९ जना सङ्क्रमितको मृत्यु भएको छ । 

त्यस्तै  साृही अबधिमा देशभर तीन  हजार ४५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  सङ्क्रमणको निको हुने दर ९४  प्रतिशत रहेको छ । हालसम्म ६ लाख तीन हजार ६००  सङ्क्रमित निको भइसकेको जनाइएको छ । हालसम्म  ३३ लाख ५७ हजार ८२९ को परीक्षण भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार २७४ जना रहेको मन्त्रालयले जनाएको छ ।