२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी चिन्न सकिन्छ सच्चा प्रेमिका



अ+ अ-

काठमाडौं । प्रेम पनि आजकल एउटा फेशन जस्तो भएको छ । युवक र युवती दुवैले कुन बेलामा आफ्ना पार्टनर परिवर्तन गर्छन् थाहै हुँदैन ।

यहाँ हामी केही यस्ता टिप्स दिँदैछौं जसका कारण केटाहरूले सच्चा प्रेमिका चिन्न सक्छन् । सँगै जीवन बिताउनका लागि कुन केटी उपयुक्त हुन्छ भन्ने पनि उनीहरूले थाहा पाउँछन् ।

तपाईंलाई वास्ता गर्ने, मान्ने र तपाईंविना बस्न नसक्ने, तपाईंले खाना खानुभएको कि भएन भनी सोध्ने प्रेमिका सच्चा हुन् । तर धेरैजसो केटाहरू ‘कस्ती चिपकू केटी रहिछ’ भनेर छोडिदिन्छन् ।

जसको मन सफा हुन्छ र जसले आफ्नो कुरा प्रस्ट रूपमा राख्छन्, त्यस्ता केटीहरूले प्रायः प्रेमीसँग झगडा गर्छन् । केटाहरूले यस्ता केटीलाई छोडिदिन्छन् । तर यही लडाईं झगडा पछि गएर खुब याद आउँछ ।

कुरा चपाउने केटीहरू षड्यन्त्रकारी हुन्छन् र प्रस्ट बोल्ने केटीले तपाईंको जीवनमा ठूलो उपलब्धि दिलाउँछन् ।

प्रेमिकाले तपाईंसँग बिहे गर्छु भन्छिन् भने थाहा पाउनुस् उनी तपाईंसँग सच्चा प्रेम गर्छिन् र सारा जीवन तपाईंसँगै बिताउन चाहन्छिन् । तर प्रायः केटाहरू बिहेको कुरा सुन्नेबित्तिकै भाग्छन् र सम्बन्ध अन्त्य गरिदिन्छन् ।

बिहे गरेपछि केटीले केटाका आमाबुवासँगै बस्न तयार भइन् भने त्यस्ती केटीले परिवार राम्ररी सम्हाल्छन् । यस्ती केटीलाई कहिलेपनि नछोड्नुस् ।