२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा बेल्जियमविरुद्ध इटालीलाई २-१ को अग्रता



अ+ अ-

एजेन्सी । युरो २०२० को क्वाटरफाइनल खेलमा अहिले इटाली र बेल्जियमले खेल्दैछन् । 

जर्मनीको म्युनिखस्थित एलियान्ज एरेनामा जारी खेलमा पहिलो हाफ सकिँदा इटालीले २-१ गोलको अग्रता बनाएको छ । 

खेलको ३१ औं मिनेटमा निकोलो बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । यस्तै खेलको ४४ औं मिनेटमा लोरेन्जो इन्सीग्नेले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । 

खेलको ४५ औं मिनेटमा बेल्जियमले पेनाल्टी पायो । रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको गोल अन्तर साँघुरो पारे ।