२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटाली युरो कपको सेमिफाइनलमा, बेल्जियम स्तब्ध



अ+ अ-

एजेन्सी । युरो २०२० अन्तर्गत बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । 

शुक्रबार राति जर्मनीको एलियान्ज एरेनामा भएको क्वाटरफाइनलको खेलमा २-१ गोलले पराजित गर्दै इटालीले सेमिफाइनलमा प्रवेश गरेको हो  । 

खेलको ३१ औं मिनेटमा निकोलो बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ४४ औं मिनेटमा लोरेन्जो इन्सीनेले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । 

खेलको ४५ औं मिनेटमा बेल्जियमले पेनाल्टी पायो । रोमेलु लुकाकुले उक्त अवसर खेर जान दिएनन् । उक्त गोल नै बेल्जियमको लागि सान्त्वना गोल हुन पुग्यो । 

अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।