२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार मध्यरातिदेखि देशभर वर्षा, के भन्छन् मौसमविद्



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मध्यरातिदेखि देशभर लगातार वर्षा भइरहेको जनाएको छ । मौसमविद् वरुण पौडेलका अनुसार  राति १२ बजेदेखि  काठमाडौंलगायत देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। 

‘यो क्रम दिउँसो १ बजेसम्म जारी रहने देखिएको छ भने १ बजे पछिदेखि वर्षा केही थामिने तर राति पुनः सुरु हुने अनुमान गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान जारी गरेको मौसम पूर्वाुनुमान बुलेटिनअनुसार दिउँसो प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस्तै राति पनि प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस क्रममा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा  मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २, र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

महाशाखाले 'देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहनाका साथै प्रदेश २ र बागमती  प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन  सबैमा अनुरोध छ', चेतावनी तथा परामर्शमा भनिएको छ ।