काठमाडौं । पुरुषहरूलाई कैयौं कारणले लाजमर्दो स्थितिमा पुर्याउँछन् । कतिपय पुरुषलाई कपाल खसेर अनि कतिपयलाई पाइताला गनाएर लाजमर्दो स्थिति आउँछ । यसबाट बच्ने उपाय हामी बताउँछौं ।
मोटोपना : अनियमित र गलत खानपानका कारण मानिसहरू मोटोपनाको शिकार हुन पुग्छन् । यसबाट बच्नका लागि दिनदिनै लौकाको जुस पिउने गर्नुस् । यसले मेटाबोलिजम बढाउँछ र मोटोपना तीव्रताका साथ कम गर्छ ।
अनावश्यक रौं : पुरुषको छाती र पिठ्युँमा भुत्ला पलाएर फोहोरी देखिने बनाउँछ । यसको उपाय भनेको बेसार र दही मिसाएर छालामा दल्नुस् । अनि सुकेपछि हलुका हातले रगड्नुस् र धुनुस् ।
तालुचिण्डे : यसका लागि मेथीका दाना र काला दाना (कलौंजी) को पेस्ट नरिवलको तेलमा मिसाउनुस् । यसो गर्दा तालु खुइलिने समस्याबाट मुक्ति पाइन्छ ।
पाइताला गनाउने : पाइताला गनाएमा बेसनमा दही मिसाएर लगाउनुस् । दुर्गन्ध भाग्छ ।
कपालको चायाँ : बेकिङ सोडामा दही हालेर कपालमा लगाउनुभयो भने चायाँ हटेर जान्छन् ।