२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवा बोकेको टिपर थलीमा दुर्घटना, श्रीमान श्रीमतीको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौँ थलीमा बालुवा बोकेको टिपर एक अस्थायी टहरामा पल्टिँदा श्रीमान श्रीमतीको ज्यान गएको छ। शनिबार बिहान सवा ४ बजे साँखु-चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बा ५ ख २५११ नम्बरको टिपर पल्टिँदा नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङको मृत्यु भएको हो । 

मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ।