२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जवाङ खोलामा पहिरो : पाँचवटा गाडी पुरिए, २ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । धादिङको बेनीघाट रोराङ १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत 

पहिरोमा परी ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवन राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोमा ना ७ ख ३२० नम्बरको कन्टेनर, ना ८ ख ४५४० नम्बरको ट्रक, बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, बा १ ग २८३१ नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका छन् । 

घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।