२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको दसौँ महाधिवेशनको मिति सर्ने, नयाँ मिति कहिले ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेको दसौँ महाधिवेशन सर्ने भएको छ । आगामी मङ्सिर २ देखि ६ मा हुने भनिएको महाधिवेशन समयका कारण भन्दै सार्ने तयारी गरिएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार शनिवार बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशन सार्ने प्रस्ताव पारित गर्दै नयाँ मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी संगठनका गतिविधि बढाउनेबारे समेत निर्णय लिइने तामाङले जानकारी दिनुभयो ।

उहाँले बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहितका असन्तुष्ट नेताहरुलाई पनि बोलाइएको जानकारी दिनुभयो । तर नेपाल पक्षले भने बैठक बहिस्कारको घोषणा गरेका छन् ।