२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा निकट नेताहरू बुढानीलकण्ठमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकटका शीर्ष नेताहरुलाई बोलाएका छन् । बैठक देउवा निवास बुढानीलकण्ठमा बसिरहेको छ । 

उपसभापति विजय कुमार गच्छदार, विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सह महामन्त्री प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छलफल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको जनाएको छ ।

देउवाको सचिवालयका अनुसार सभापति देउवाले आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनबारे छलफल गर्न नेताहरुलाई बोलाएको जनाएको छ ।

आगामी महाधिवेशनमा निधिले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले छलफल गर्दै आएका छन् ।