२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपुष्पा भट्टले गरिन् प्रेमी रौनकसँग बिहे



अ+ अ-

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टले बिहे गरेकी छन् । उनी प्रेमी रौनक विक्रम कँडेलसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।

शुक्रवार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले बिहे गरे । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्तिको उपस्थिति रहेको थियो भने उनीहरु निकट केही फिल्मकर्मी पनि सहभागी थिए । सुपुष्पा र रौनकको गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो ।
 
यो जोडी एक वर्षदेखि प्रेम सम्बन्ध मा रहँदै आएका थिए । रौनक नेपाली फिल्मका निर्माता पनि हुन् । उनले ‘कबड्डी, मिस्टर झोले’ लगायतका फिल्म निर्माण गरेका छन् । सुपुष्पाको डेब्यु फिल्म ‘रणवीर’ रहेको छ ।