१३ श्रावण २०८३, बुधबार
,
Latest
शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनका राष्ट्रपतिको दाबी – पुटिन मारिनेछन्



अ+ अ-

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भ्लादिमिर पुटिनलाई उनका नजिकका व्यक्तिहरूले नै एकदिन हत्या गरिदिने बताएका छन् ।

जेलेन्स्कीको यो बयान रुस–युक्रेन युद्धमा बनेको डकुमेन्ट्रीमा छ । यसको नाम ‘इयर’ रहेको छ । यस डकुमेन्ट्रीको बारेमा न्यूजवीक पत्रिकामा जानकारी दिइएको छ ।

रुस र युक्रेनबीच गत वर्ष फेब्रुअरी २४ मा युद्ध सुरु भएको थियो । यसै दिन रुसले युक्रेनमा आक्रमण गरेको थियो । दुवै देशले आ–आफ्नो जितको दाबी गरिरहेका छन् । जेलेन्स्कीलाई सहयोगको आश्वासन दिन हालै अमेरिकी राष्ट्रपति जो बाइडेन आफैं कीभ पुगेका थिए ।

‘न्यूजवीक’ म्यागजिनका अनुसार जेलेन्स्कीले यस वृत्तचित्रमा भनेका छन् – ‘त्यो दिन टाढा छैन जब पुटिनका नजिकका व्यक्तिहरूले उनको विरुद्धमा काम गर्न थाल्नेछन् । रूसमा उनको विरुद्ध आवाज उठ्नेछ । यो एकमात्र मौका हुनेछ जब पुटिनको नजिकको व्यक्तिले उनलाई मार्नेछन् । तिनीहरूले मेरो शब्द याद गर्नुपर्छ । तर, यो दिन कहिले आउने हो ? यसबारे म केही भन्न सक्दिनँ ।’

जेलेन्स्कीको यो भनाइ यस्तो बेला आएको हो जब केही सञ्चारमाध्यममा पुटिनका नजिकका केही युक्रेन र बाँकी देशको नीतिप्रति खुसी नभएको दाबी गरिएको छ । युक्रेन युद्ध लम्बिदै गएपछि उनीहरुको असन्तुष्टि बढ्दै गएको छ ।