१३ श्रावण २०८३, बुधबार
,
Latest
सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय



अ+ अ-

काठमाडौं । लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समन्वय समितिको बैठक सम्पन्न भएको छ।

बैठकले अबदेखि नियमित रूपमा बैठक बस्ने निर्णय गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासँग सम्बन्धित समस्या समयमै समाधान गर्न समन्वयात्मक भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बसेको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ७ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ। यसका लागि हाल सञ्चालनमा रहेको दर्ता तथा नवीकरण प्रणालीलाई सार्वजनिक आह्वानमार्फत अझ प्रभावकारी बनाइने जनाइएको छ।

बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन र नियमावलीमा आवश्यक संशोधनका लागि समितिमा आबद्ध सदस्य संस्थाका प्रतिनिधिसँग लिखित सुझाव माग्ने निर्णय पनि गरेको छ। मन्त्रालयले तोकेको इमेलमार्फत सुझाव संकलन गरी ऐन तथा नियमावली संशोधन प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ।

समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालयले छुट्टै समर्पित (डेडिकेटेड) इमेल समूह सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त इमेलमार्फत बैठकका एजेन्डा, निर्णय तथा अन्य आवश्यक सूचनाको नियमित आदानप्रदान गरिनेछ।

बैठकले हालसम्म भएका कामको समीक्षा, विगतका गतिविधिको दस्तावेजीकरण तथा आगामी कार्ययोजना तयार गर्न तीन सदस्यीय उपसमिति पनि गठन गरेको छ। उपसमितिमा डा. कुन्जाङ शेर्पा, डा. सञ्जिव तिवारी र रोजिना तण्डुकार सदस्य रहेका छन्।

यसैबीच, समितिको अर्को बैठक एक महिनाभित्र बस्ने निर्णय गरिएको छ। नियमित बैठक सञ्चालनबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विषयमा देखिएका समस्या समयमै सम्बोधन हुने र आवश्यक नीतिगत निर्णय प्रभावकारी रूपमा अघि बढ्ने विश्वास समितिले व्यक्त गरेको छ।




भर्खरै