४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
अ+ अ-

काठमाडौं । सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य भएकामा जोड दिइएको छ ।

बैठकमा सभापति लामिछानेले विषम परिस्थितिमा राजनीतिक आग्रह–पूर्वाग्रहलाई थाती राखेर राष्ट्र हितका खातिर सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग उहाँले बैठक प्रमुख दलका शीर्ष नेताहरूबाट मार्गदर्शन पाउन तथा देशमा असहज परिस्थिति उत्पन्न भएका बेला राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिनुपर्ने र आवश्यकअनुसार सामूहिक रूपमा सरकारलाई ध्यानाकर्षण गराउन आह्वान गरिएको बताउनुभयो । उहाँले राजनीतिक रूपमा लड्ने मैदान आ–आफ्ना भए पनि यस्तो विषयमा आरोप–प्रत्यारोप नगरी साझा राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकार पनि आफ्ना तर्फबाट क्रियाशील रहेको बताउँदै बैठकमा सरकारको प्रतिनिधित्व अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गर्नुभएकाले सरकारले केही गरेन वा चासो दिएन भन्नु असान्दर्भिक भएको बताउनुभयो ।

“हाम्रो पहिलो दायित्व देशमा शान्ति सुरक्षा कायम गर्ने हो । सरकारले आफ्नो काम गरिरहेको छ । आजको आवश्यकता शान्ति र अमनचयन कायम गर्नु हो । सामाजिक सद्भाव भड्किन नदिन हामी गम्भीर हुनुपर्छ”, सभापति लामिछानेले भन्नुभयो, “नागरिकको ज्यान ज्यानु गम्भीर विषय हो । घटनाको सत्यतथ्य छानबिनपछि सार्वजनिक हुनेछ । अहिले बाहिर आएका कतिपय विषय अफवाह पनि हुन सक्छन् ।”

बैठकमा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गर्ने निर्णय भएको र त्यो यथाशक्य चाँडो सार्वजनिक गरिने जनाइएको छ ।