२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले एकताः ओली र नेपालबीच टेलिफोनमा कुराकानी



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ ।

शनिबार दिउँसो ओली र नेपालले टेलिफोनमा कुराकानी संवाद गरेका हुन् । नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले नेपाललाई बैठकमा सहभागी हुन निम्तो दिएका थिए ।

तर ओली र नेपाल आ–आफ्नो अडानमा कायमै रहेकाले एमालेले एकताको खाका कोर्न सकिराखेको छैन । अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए । उक्त बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको मिति तोक्दै हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन नसक्ने बताएका थिए । 

अध्यक्ष ओलीले शनिबार पनि बैठक बोलाएका छन् । तर माधव नेपाल समूह यो बैठक अवैध भएको सहभागी नहुने अडानमा छ । दुवै नेता अडानमा कायमै रहँदा संकटमा परेको एमाले एकता जोगाउन भने दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

ओली र नेपालबीच टेलिफोन कुराकानी भएपछि घनश्याम भुसाल समिट होटल फर्किएको बताइएको छ ।
यो पनिः एमाले विवादः दोस्रो तहका नेता निर्णायक वार्तामा