२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो पटक सम्बन्धविच्छेद गर्दै आमिर खान



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार आमिर खान र किरण राव १५ वर्षपछि अलग हुने भएका छन् । यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद रहेको छ । 

आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो । 

आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति(पत्निको सट्टा अलग(अलग जिवन जिउने घोषणा गरेका हुन् । 

“यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।” आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो । उनीहरुले सन् २००५ डिसेम्बर २८ मा विवाह गरेका थिए ।