२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल कलेजबारे अबिलम्ब निर्णय गर्न प्रधानन्त्री ओलीसमक्ष प्रसाईको आग्रह



अ+ अ-

काठमाडौं । बि एण्ड सी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल  एंवम् रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो मेडिकल कलेज बारे अबिलम्ब निर्णय गर्न प्रधानन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गर्नुभएको छ ।

कार्यकारी निर्देशकले संघीय राजधानी काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन गरी कलेजलाई सम्बन्धत दिन वा सरकार आफैले सञ्चालन गर्न वा सधेका लागि बन्द गर्ने विषयमा अविलम्बन स्पष्ट र ठोस निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । उहाँले हस्पिटलको सम्बन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्र्दभमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजमाथि गरेको जघन्य अपराध तथा शंकास्पद कानून प्रतिकुलको भुमिकाको विषयमा सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले गिरी आयोगको उपाध्यक्ष हुन समेत कानुन अनुसार अयोग्य रहेको दाबी कार्यकारी निर्देशक प्रसाईले गर्नुभएको छ ।

उहाँले भन्नुभयो “ यस मेडिकल कलेजलाई सम्वन्धन दिन वा सरकार आफैले संचालन गर्न वा सधैँका लागि वन्द गर्ने विषयमा अविलम्व स्पष्ट र ठोस निर्णय लिनुहुन नेपाल सरकार खासगरि सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष मेची अंचलका बत्तिस लाग जनताको अनुरोध ।  यस वि.एण्ड सी.मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटलको सम्वन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्दर्भमा सो आयोगका उपाध्यक्ष गिरीले यस वि.एण्ड सी.मेडिकल कलेज माथि गरेको जघन्य अपराध तथा शंकास्पद कानून प्रतिकुलको भूमिकाको विषयमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरुप्रति यस संस्थाको गंम्भिर ध्यानाकर्षण भएको छ । उहाँ चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष हुन समेत कानूनतः अयोग्य हुनुहुन्छ । कलेजलाई सम्बन्धन दिनका लागि उहाँले मसंग २० करोड घुस मागेको र सो सार्वजनिक गरि अख्तियारमा उजुरी गरेपछि म प्रति अत्यन्तै पुर्वाग्रही हुनुहुन्छ ।”

कार्यकारी निर्देशक प्रसाईले आयोगका उपाध्यक्ष गिरिले आफुसंग २० करोड घुस मागेको दाबी पनि गर्नुभएको छ ।