२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फैसला आउन्जेल जसको हस्ताक्षर देउवाको पक्षमा रहन्छ, ती एमाले होइनन्ः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रमुख प्रतिपक्षीको नेतृत्वमा बैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु पार्टी कार्यकर्ता नभएको बताउनुभएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विरुद्धको मोर्चामा सामेल हुनेहरु नेकपा एमालेका कार्यकर्ता नभएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको नेतृत्वमा सरकार निर्माणका लागि राष्ट्रपति कार्यालयमा बुझाएको पत्रमा हस्ताक्षर गरेका तथा सर्वोच्च अदालतको रिटमा हस्ताक्षर गरेका आफ्ना कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गर्नुभयो । उहाँले सर्वोच्च अदालतले मुद्दाको फैसला गर्नुपुर्व नै आफुहरुलाई सच्याउन पनि सचेत गराउनुभयो । आफ्नै पार्टीको नेतृत्वको सरकारको विरोधमा सडकमा पुत्ला जलाउनेलाई दलको कार्यकर्ता मान्न नसकिने उल्लेख गर्नुभयो । पार्टी एकताका लागि नेतृत्व लचिलो र फराकिलो मन लिएर अघि बढ्नु भनेको आफ्नै विरुद्धको आवाज नसुन्नु नभएको भन्दै उहाँले विपक्षी दलसंग साँठगाँठ गर्नेहरु एमालेका नेता कार्यकर्ता नहुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “म्ुद्दाको फैसला हुँदा सम्म नेकपा एमाले ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा बैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजस्को कायम रहन्छ,ती पार्टी कार्यकर्ता होइनन् । मुद्दाको फैसला हुँदासम्म । त्यसले त एउटा कित्ताकाट त गरिसक्यो नि । यसमा कुनै भ्रम पाल्नुहुन्छ र भन्या । झुटका खेतिमा भ्रम पालेर अलमलिन हुन्छ र ?”

प्रधानमन्त्री ओलीले विगतको प्रसंग कोट्याउनुको अर्थ नरहेको भन्दै पार्टीमा रहेर पार्टीको पक्षमा बोल्नेहरु कार्यकर्ता हुने र पार्टीलाई ढाल्ने उद्देश्यमा संग्लन हुनेहरु कार्यकर्ता नहुने भएकाले भ्रममा बस्न आवश्यक नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो “कसैले तर्क फिट्यो भने तर्क फिटाईका पछाडि जानु आवश्यक छैन । कसले कारवाही गर्यो ? कसले कारवाही गरेर ? फलानोको पालोमा , फलानो नाम छँदा । यी कुराहरुको केही पनि अर्थ छैन । स्पष्ट हुन जरुरी छ । जो पार्टीमा छ जो पार्टीको पक्षमा छ, पार्टीको पक्षमा बोलिरहेको छ । जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन । त्यो नेता कार्यकर्ता होइन । यति क्लियर छैन र कुरा ? पार्टीको विरोधमा बोलेर पनि नेता कार्यकर्ता हुन्छ ? पार्टीको विरोधमा काम गरेर नेता कार्यकर्ता भईन्छ पार्टीमा ? नेता भनेको के ? नेतृत्व गर्ने मान्छे । पार्टीको पक्षमा, पार्टीको विचारको पक्षमा, पार्टीको संगठनको पक्षमा, एकताको पक्षमा, पार्टीको सुदृढीकरण र विस्तारको पक्षमा छ भने पार्टीलाई बैचारिक र सांगठनिक हिसाबले नेतृत्व गरिरहेको छ भने पार्टीको नेता हो । पार्टीलाई ढाल्ने उद्देश्यमा सक्रिय छ भने पार्टीको नेता होइन । छद्म हो भने थाहा पाएको दिन हड्छ । खुलेयाम हो भने हटेकै छ भन्ने थाहा पाए हुन्छ । ”

मान्छेबाट गल्ति हुन सक्ने र गल्तिलाई सच्याउन पनि सकिने भन्दै प्रधानमन्त्री ओलीले लामो समय सम्म पनि सच्चिन नसक्नेलाई पार्टीले आफ्नो कार्यकर्ता मान्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “सप्रिएर आउन पाईन्छ । तर सप्रिने समय हामी कोही कोहीलाई लामो विमारी लाग्ला, निको हुन धेरै समय लाग्ला । निको हुन १० बर्ष लाग्यो भने के गर्ने ? पर्खिरहने ? त्यसकारण १० बर्ष पर्खाई हुन सक्क्तैन । ”

उहाँले सच्चिएर आए पार्टीमा रहेर काम गर्न सकिने तर ओहोदाका बार्गेनिङ्ग गरे त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो “हामी लचिला छौ । एकताको पक्षमा छौ । आव्हान गरिरहेका छौ । कुरा गरिरहेका छौ । तर सेकेर के भो ? सुमसुमाएर के भो ? कानमा एकतारे भजन कति गाईयो ? के काम ? काम लागेको छैन । त्यसकारण काम लागोस् भन्ने कामना गरेको छु । फराकिलो मनका साथ काम गर्ने । पार्टीमा आएर काम गर्ने हो भने ठिक छ । ओहोदाका बार्गेनिङ्ग चल्दैनन् । काम छैन । ओहोदाका बार्गेनिङ्गलाई सुन्न पर्ने आवश्यकता पनि छैन । ओहोदाका निम्ति मरिमेट्ने मान्छेले काम पनि गर्दैन । हामी जेठ २ मा गयौ साथीहरुको भनाई अनुसार । ”

कारवाही फुकुवा गरि जेठ २ मा फर्किनु नेता माधव नेपाल पक्षको माग भएको र त्यो माग पुरा गरेको भन्दै उहाँले अब कुनै पनि वहानामा पार्टीका क्रियाकलापहरु नरोकिने स्पष्ट पार्नुभयो । उहाँले पार्टी गतिशिल ढंगले अघि बढ्नुपर्ने र त्यही अनुसार नै बढ्ने स्पष्ट पार्नुभयो ।