२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकः विधान महाधिवेशनका लागि मुख्य नेताको जिम्मेवारी तोकियो



अ+ अ-

काठमाडौं । नेकपा एमालेले साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनको तयारीका लागि मुख्य नेताहरूको जिम्मेवारी तोकेको छ ।

आज (शनिबार) बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी तोकेको छ ।

यसैगरी महासचिव ईश्वर पोखरेललाई महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । उपमहासचिव विष्णु पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्ने भएका छन् भने स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मा दिइएको छ ।