२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान ब्राजिलमा भएको खेलमा इक्वेडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा स्थान बनाएको हो । 

खेलको ४० औं मिनेटमा रोड्रीगो डी पलले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई लियोनल मेसीले पास उपलब्ध गराएका थिए । यस्तै खेलको ८४ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । 

उनले लियोन मेसीले दिएको बललाई खेर जान दिएनन्  । यस्तै ९०+३ मिनेटमा मेसीले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । डि मारियाविरुद्ध इक्वेडरका डिफेन्डर पिएरो हिन्कापीले फल गरेपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो । 

अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ ।