२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान ब्राजिलमा भएको खेलमा इक्वेडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा स्थान बनाएको हो । 

खेलको ४० औं मिनेटमा रोड्रीगो डी पलले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई लियोनल मेसीले पास उपलब्ध गराएका थिए । यस्तै खेलको ८४ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । 

उनले लियोन मेसीले दिएको बललाई खेर जान दिएनन्  । यस्तै ९०+३ मिनेटमा मेसीले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । डि मारियाविरुद्ध इक्वेडरका डिफेन्डर पिएरो हिन्कापीले फल गरेपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो । 

अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ ।