२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका सहित एक दर्जन राजदूतावासले जारी गरे युक्रेन पक्षमा बिज्ञप्ति



अ+ अ-

काठमाडौँ । नेपालस्थित करिब एक दर्जन राजदूतावासहरुले युक्रेनका साथ यसको स्वाधीनता, शान्ति र स्वतन्त्रताका पक्षमा आज उभिएको र भविष्यमा पनि उभिइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रुसद्वारा युक्रेनमाथि हमला भएको एक वर्ष भएको छ । राजदूतावासहरुले आज एक विज्ञप्ति जारी गर्दै एक वर्ष अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको भूमि, युक्रेनी जनता र युक्रेनको सार्वभौमसत्ताका विरुद्ध अनुचित युद्ध सुरु गरेको बताएका छन् । विज्ञप्तिमा त्यसयता ८ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ भने १ करोड ४० लाख जना आफ्नो घरबाट विस्थापित भएका छन् । एक स्वतन्त्र राष्ट्रमाथि रुसले गरेको र दोस्रो विश्वयुद्धपछिकै ठूलो भूमियुद्ध बन्न पुगेको उक्त आक्रमणले विद्यालय तथा स्वास्थ्य संरचनाहरूलाई ध्वस्त पारेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपालमा अवस्थित अन्तर्राष्ट्रिय समुदायको एक अङ्गका रूपमा हामी यस गम्भीर समयमा समेत आशावादी छौँ । बाह्र महिनादेखि युक्रेनी जनताले साहसपूर्वक आफ्नो स्वतन्त्रताको रक्षा गर्दै आएका छन् र विश्व समुदाय उनीहरूका पछाडि एकजुट भएको छ । आफ्नो देशलाई ध्वस्त पार्ने रुसको प्रयत्नलाई रोकेपछि युक्रेनी जनता पहिलेभन्दा पनि गर्वित र साहसिला बनेका छन् । युक्रेन विजयी हुनेछ भन्ने कुरामा हामीलाई कुनै दुबिधा छैन । हामी युक्रेनका साथ यसको स्वाधीनता, शान्ति र स्वतन्त्रताका पक्षमा आज पनि उभिएका छौँ र भविष्यमा पनि उभिइरहने छौँ ।”

विज्ञप्ति जारी गर्ने नेपालस्थित राजदूतावासहरुमा अष्ट्रेलियाली दूतावास, बेलायती दूतावास, डेलिगेशन अफ द युरोपियन युनियन टु नेपाल, फिनल्याण्डको दूतावास, फ्रान्सेली दूतावास, जर्मन दूतावास, जापानी दूतावास, गणतन्त्र कोरियाको दूतावास, नर्वेजियन दूतावास, अमेरिकी दूतावास र युक्रेनका अवैतनिक महावाणिज्यदूत रहेका छन् ।