२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि सुरु हुँदै केपी ओली कप, उद्घाटनमा पुलिस र सातदोबाटो भिड्ने



अ+ अ-

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज बिहीबार देखि सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ । त्यसअघि सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनलबाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीलाई ५० हजार प्रदान गरिनेछ ।

यसैगरी, प्रत्येक खेलको विजेता टोलीलाई प्रोत्साहनस्वरुप २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १५ हजार प्रदान गरिनेछ ।