१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि सुरु हुँदै केपी ओली कप, उद्घाटनमा पुलिस र सातदोबाटो भिड्ने



अ+ अ-

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज बिहीबार देखि सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ । त्यसअघि सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनलबाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीलाई ५० हजार प्रदान गरिनेछ ।

यसैगरी, प्रत्येक खेलको विजेता टोलीलाई प्रोत्साहनस्वरुप २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १५ हजार प्रदान गरिनेछ ।