२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेपले सन्दीपलाई यूएई लैजान कुनै पहल नगर्ने



file
अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद(राखेप)ले राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछानेलाई यूएई भ्रमणको लागि कुनै पहल नगर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले विदेश लैजानेबारे पहल गरिदिन भन्दै राखेपलाई लिखित पत्र पठाएको थियो । तर, अदालतको फैसलाभन्दा बाहिर गएर केही पनि गर्न नमिल्ने भन्दै राखेप यस बिषयबाट पन्छिएको छ ।

क्यानले पठाएको पत्र राखेपले दर्ता नै नगरेको बताईएको छ । राखेपबाट सन्दीपका विषयमा कुनै कानूनी पहल नहुने राखेपका सदस्यसचिव टंकलाल घिसिङले बताए । उनले भने ,‘हामीले अदालतको आदेशलाई सम्मान गर्नुपर्छ । विदेश जान नपाउने भनेर स्पष्ट आदेश भएको हुँदा हामी त्यसलाई चुनौती दिन सक्दैनौं ।’

घिसिङले अदालतको पूर्ण सुनवाइबाट मात्रै पुरानो आदेश उल्टिनसक्ने बताए । उनले राखेप प्रचलित एेन र कानूनी अभ्यासभन्दा बाहिर नजाने बताए ।

सन्दीपले राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गते (भोलि)लाई पेसी तोकिएको छ । भोलिको सुनवाइमा अदालतले उक्त रोक फुकुवा गरिदियो भने सन्दीप यूएई जान पाउछन्।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता कायम राख्नका निम्ति नेपालको यो भ्रमण निर्णायक रहने भएकाले सन्दीपको उपस्थिति अत्यन्तै महत्वपूर्ण छ ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपको प्रदर्शन उच्च रहेको थियो । घरेलु मैदानमा भएको लिग २ मा चारै खेलमा सन्दीपले विकेट लिएका थिए । उनले नामिबियासँगको पहिलो खेलमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए भने स्कटल्याण्डसँगको पहिलो खेलमा २७ रन खर्चेर ३ तथा नामिबियासँगको दोस्रो खेलमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरी स्कटल्याण्डसँगको दोस्रो खेलमा ४५ रन खर्चेर ४ गरी चार खेलमा १३ विकेट लिएका थिए ।