९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च बारको निर्णयले न्यायिक क्षेत्रको अधिकार कुण्ठित गर्छः अधिवक्ता अर्याल



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले पूर्वप्रधान्यायाधीश वा न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णयप्रति कानून व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले यस्तो निर्णय न्यायिक र कानूनी जगतका लागि आत्मघाती हुने पनि बताएका छन् । अघिवक्ता ओम प्रकाश अर्यालले न्यूजपोलारसँग भन्नुभयो- सर्वोच्च बारको निर्णय न्यायिक र कानूनी जगतका लागि आत्मघाती छ, बारबाट संविधानको गलत व्याख्या भयो ।

अघिवक्ता अर्यालले भन्नुभयो ‘निर्वाचित राजकीय वा राजनीतिक पद, सरकारी पद र सरकारी सेवाकाे पद र फरक विषय हो, यी सबै विषयलाई एउटै बास्केटमा हाल्नु उपयुक्त होईन ।’

उहाँले अगाडि भन्नुभयो ‘न्यायायधीश सरकारी पदमा जान मिल्दैन ,तर राजनीतिक पदमा जान नहुने भन्ने व्यवस्था छैन । त्यसो हुँदा भोली राष्ट्रपति वा उपराष्ट्रपति मात्र होइन वडा सदस्य पनि हुन नपाउने अबस्था आउछ । मत दिने व्यक्तिले मत लिन पाउने अधिकार पनि राख्दछ । ‘

अर्यालले न्यायाधीश हुनु भनेको सबै राजनीतिक अधिकार गुमाउनु होईन भन्दै बारको यस्तो निर्णय गलत रहेको जिकीर पनि गर्नुभयो । न्यायाधीशले पेशा नै गर्न नपाउने भन्ने पनि हुन्छ र भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो ‘यो निर्णयले न्यायिक क्षेत्रको अधिकार कुण्ठित गरेको छ । यस्तो अबस्था आउने हो भने भोलि न्यायिक क्षेत्रमा कोही पनि नआउन सक्छन् । याे निर्णयले सबैलाई अयोग्य बनाउने काम भयो ।’

बारको निर्णय दुखद भएको भन्दै उहाँले भन्नुभयो ‘यो विषयमा स्वच्छ संवैधानिक बहस हुन आवश्यक  तर भएन ।’ अर्यालले भन्नुभयो न्यायपालिका सक्षम रुपमा चलाएको सक्षम न्यायाधीशले मुलुक चलाउन सक्दैन या हुदैन भन्ने पनि कहीँ हुन्छ ?