१० मंसिर २०८१, सोमबार
,
Latest
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक, पुस ५ गते नेपाल र भारतमा रिलिज हुने बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न पूर्वराष्ट्रपति भण्डारी बत्तीसपुतलीमा ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बढ्यो विदेशी विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने कतारी रियालसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।  

यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७० पैसा तोकिएको छ।  एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ २३ पैसा रहेको छ । 

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८० पैसा तोकिएको छ । एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८० पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६० पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।  

एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ १७ पैसा तोकिएको छ।