२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका निकायमा रहेको नेपालको पूरानो नक्सा सच्याउन आवश्यकता छ: डा.खिमलाल देवकोटा (भिडियो सहित)



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले सरकारका धेरै वेभसाइटहरुमा नेपालको पूरानो नक्सा नै रहेको भन्दै सच्याउन अनुरोध गर्नुभएको छ ।  राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलो पल्ट बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता औल्याउनुभएको हो । 

उहाँले सपथ सम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताउनुभयो । अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर सपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले सपथ सम्बन्धी अध्यादेश जारी गरेर संविधान विपरित काम गरेको टिप्पणी देवकोटाले गर्नुभयो । उहाँले राष्ट्रपतिको यो कदमले संविधानको संरक्षण र सम्वद्र्धन हुन नसक्ने बताउनुभयो ।

त्यस्तै अर्का राष्ट्रियसभा सदस्यमा निर्वाचित सदस्य दीर्घनारायण पाण्डेले राजनैतिक रुपमा देश विभाजन हुनु गम्भीर भएको बताउनुभयो । राष्ट्रियसभामा पहिलोपल्ट बोल्दै सदस्य पाण्डेले राष्ट्रियराजनीतिमा ठूलो दल विभाजन उन्मुख हुनु दुखद भएको टिप्पणी गर्नुभयो । सरकारले लिएको नीतिले विकाश निर्माण र शासन व्यवस्था नै केन्द्रिकृत हुन पुगेको आरोप पनि उहाँले लगाउनुभयो । अहिलेसम्म प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो अधिकार पाउन नसक्दा संघीयताविरुद्ध आवाजहरु उठ्न थालेको बताउनुभयो । 

राष्ट्रियसभा सदस्य पाण्डेले अहिले मुलुकमा विषम राजनीतिक अवस्था भएकाले राष्ट्रिय एकताका लागि सबै एकै ठाउँमा आउन आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय सहमति बनाएर जान सके संघीयता तथा लोकतन्त्र विरुद्धको आवाज निस्तेज पार्न सक्ने बताउनुभयो । यस्तो बेलामा राष्ट्रियसभाले विशेष पहल लिनुपर्ने धारणा उहाँले राख्नुभयो ।