२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक सुरु भएको छ । नेकपा एमालेको एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको हो ।   

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल रहेका छन् भने वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन्।

७ जेठदेखि बस्न नसकेको कार्यदलको बैठक आजै बस्ने स्रोतको दावि रहेको छ । कार्यदलको औपचारिक बैठक आजै सिंहदरबारमा बस्ने तयारी रहेको कार्यदलका एक सदस्यले बताए।

आइतबार राती प्रधानमन्त्री ओली र उपाध्यक्ष रावलबीच कुराकानी भएको थियो। बालुवाटारमा भएको छलफलमा रावलले कार्यदल व्यूउँताउन सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा परेका हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए।तर रावलले हस्ताक्षर अदालती प्रक्रियामा गएकाले हस्ताक्षर फिर्ता लिन नसकिने बताएका थिए।