२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिने समय थपियो



अ+ अ-

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षधरलाई हस्ताक्षर फिर्ता लिनको लागि समय बढाएको छ । पार्टीको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेपाल पक्षधरलाई असार २७ गतेसम्मको लागि  हस्ताक्षर फिर्ता लिनका लागी समय दिएको बताएका हुन्। 

यसअघि एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले आज साँझ ५ बजेसम्मको समय दिएर हस्ताक्षर फिर्ता लिने समय पाएपनि नेपाल पक्षले भने पार्टीले दिएको समयसिमाभित्र हस्ताक्षर फिर्ता लिएको छैन् । 

नेपाल पक्षलाई हस्ताक्षर फिर्ताको लागि आफूहरुले असार २७ गतेसम्मको लागि पूनः समय दिएको भट्टराईले जानकारी दिए । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने सन्देश बालुवाटारलाई पठाईसकेको छ ।

यस्तै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा बहस हेर्दाहेर्दैमा राखेको छ । यस मुद्दाको फैसला असार २८ गते आउने बुझिएको छ । अदालतको फैसला २८ गते आउने भएको हुनाले एमालेले माधव नेपाल पक्षधरलाई असार २७ गतेको समय दिईएको बुझ्न सकिन्छ ।