२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिने समय थपियो



अ+ अ-

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षधरलाई हस्ताक्षर फिर्ता लिनको लागि समय बढाएको छ । पार्टीको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेपाल पक्षधरलाई असार २७ गतेसम्मको लागि  हस्ताक्षर फिर्ता लिनका लागी समय दिएको बताएका हुन्। 

यसअघि एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले आज साँझ ५ बजेसम्मको समय दिएर हस्ताक्षर फिर्ता लिने समय पाएपनि नेपाल पक्षले भने पार्टीले दिएको समयसिमाभित्र हस्ताक्षर फिर्ता लिएको छैन् । 

नेपाल पक्षलाई हस्ताक्षर फिर्ताको लागि आफूहरुले असार २७ गतेसम्मको लागि पूनः समय दिएको भट्टराईले जानकारी दिए । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने सन्देश बालुवाटारलाई पठाईसकेको छ ।

यस्तै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा बहस हेर्दाहेर्दैमा राखेको छ । यस मुद्दाको फैसला असार २८ गते आउने बुझिएको छ । अदालतको फैसला २८ गते आउने भएको हुनाले एमालेले माधव नेपाल पक्षधरलाई असार २७ गतेको समय दिईएको बुझ्न सकिन्छ ।