४ भाद्र २०८३, बिहीबार
,
Latest
संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’…
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको बार्सिलोना विजयी



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन खेलको ४३ औं मिनेटमा सर्जियो रोबर्टोले तथा पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गरे । यसरी दुबै गोल पहिलो हाफमा सम्भव भएको थियो । जितसँगै बार्सिलोना २२ खेलबाट ५९ अंकसहित शीर्षस्थानमा यथावत छ । पराजित काडिज समान खेलबाट २२ अंकसहित १५ औं स्थानमा रहेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले एट्लेटिको विल्वाओलाई १–० गोलले पराजित गर्यो । एट्लेटिको मड्रिडलाई जित दिलाउन एकमात्र निर्णायक गोल एन्टोनी ग्रिजमनले गरे । उनले ७३ औं मिनेटमा गोल गरेका हुन् । एट्लेटिको मड्रिड २२ खेलबाट ४१ अंकसहित चौंथो स्थानमा रहँदा एट्लेटिको विल्वाओ ३२ अंकसहित सातौं स्थानमा रहेको छ ।