• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   आलिया भट्ट फेरि डिपफेकको सिकार भइन् ★   काठमाडौंको गौरीघाटमा आगलागी ★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने

चितवन २ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आयोगको आह्वान



काठमाडौँ । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । वैशाख १० मा सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । यद्यपि, नयाँ खुल्ने दलहरूले भने उपनिर्वाचनमा भाग लिन पाउने छैनन् ।

आयोगका अनुसार २०७९ फागुन ५ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले उपचुनावमा भाग लिन फागुन १६ गतेसम्म दल दर्ता निवेदन आयोगमा पठाइसक्नुपर्नेछ । राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

गत मंसिर ४ मा भएको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने निर्वाचित भएका थिए । सर्वोच्च अदालतले नागरिकताको विषयलाई लिएर उनको उम्मेदवारी नै बदर गर्दै पद खारेज गरिदिएपछि यहाँ उपचुनाव हुन लागेको हो ।

उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ । यस्तै, चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको आयोगले जनाएको छ । चैत २३ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।