२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले कसैलाई निषेध नगर्ने नयाँ बाटो देशले ढिलोचाँडो तय गर्नैपर्छ



अ+ अ-

फागुन ७, प्रजातन्त्र दिवस । यस अवसरमा सबैमा शुभकामना । तत्कालीन कठोर अवस्थामा मुलुकलाई अध्याँरोबाट उज्यालोतर्फ लैजाने सबै आदरणीय छन्, स्तुत्य छन् । हार्दिक नमन ।

प्रजातन्त्रको उपभोग गर्दै जाँदा यसलाई राजा र दलहरूले आफ्नो अनुकूल सदुपयोग र दुरुपयोग गरेको नमिठो विगत छ। जसका कारण कहिले एउटाले अर्को पक्षलाई त कहिले अर्कोले अर्को पक्षलाई निषेध गर्ने राजनीति स्थापित हुँदै गएको छ। सबै शक्ति एकताबद्ध भइ विकासको मुलप्रवाहमा समेटिन नसक्दा देश जतिखेर पनि अस्थिर, अन्यौल र कुनै न कुनै प्रकारको द्वन्द्वमा जकडिरहेको छ।

हामीभन्दा धेरै पछाडि प्रजातन्त्रको उपभोग थालेका मुलुक सबल, सक्षम र समृद्ध बनिसकेका छन् । हामी अझै कांग्रेसले प्रजातन्त्रको नाममा देखाउने दादागिरी र कम्युनिस्टको राष्ट्रिय स्वाधीनताको रक्षा भन्दै आत्मसमर्पणवादको निकृष्ट नमुना हेर्न विवश छौं।

दुई दशकदेखि नेपाल राष्ट्र निर्माणको महत्त्वपूर्ण पक्ष राजसंस्थालाई मुलप्रवाहमा निषेध गरिएको छ, प्रजातन्त्रलाई गणतन्त्रमा रुपान्तरित गर्दैगर्दा नेपाली समाजमा धिपधिपे उज्यालो देखिएपनि वास्तविक उज्यालो पुगेको छैन र पुग्ने लक्षण पनि छैन । मुठ्ठीभर मानिसका लागि गणतन्त्र स्वर्णतन्त्र हुन पुगेको छ, आम मानिस त युरोप, अमेरिका, अष्ट्रेलिया वा खाडीमा पुगिसकेका छन्, जान बाँकीको धेरै समय कसरी जाने, कहाँ जाने, कहिले जाने सोच्दै र योजना बनाउँदै बितिरहेको छ।

देशलाई बृद्धाश्रम बनाउने, आर्थिक रुपमा कमजोर र जर्जर बनाउने, परिवर्तनको लागि भनेर आन्दोलन वा क्रान्तिमा होमिएकालाई निराश बनाउने, राष्ट्रिय स्वाभिमान कमजोर बनाउने, समग्रमा देशलाई धोका दिने, पटकपटकका असफलहरुको हातमा देशको बागडोर पुग्ने व्यवस्था र संरचनाले निकटमै कुनै कायापलट हुने सम्भावना देखिन्न !

नेपाली जनताले एकपटक र अन्तिमपटक प्रयास गरेर हेर्न बाँकी छ । ००७ को परिवर्तनले राणालाई निषेध गर्‍यो, राजा महेन्द्रको ०१७ को कदमले ३० वर्षसम्म दलहरूलाई निषेध गर्‍यो, ०४६ को परिवर्तनमा माओवादी लामो समय सन्तुष्ट भएर रहन सकेन, हतियार उठायो र ०६२र६३ को परिवर्तन हुन पुग्यो, त्यसले राजसंस्थालाई निषेध गर्‍यो मात्रै होइन गरिरहेको छ।

गणतन्त्रका जतिसुकै पक्षपातीले समेत गणतन्त्र सहि रुपमा अघि बढिरहेको छ भन्ने स्विकार गर्न गार्‍हो हुने गरी देश नयाँ अन्यौलमा फसिरहेको छ। कसैले कसैलाई निषेध नगर्ने नयाँ बाटो देशले ढिलोचाँडो तय गर्नैपर्छ ।

जनताले धैर्य गर्दासम्म मात्रै हो, नत्र यथास्थितिमा देश अघि बढ्न सक्दैन कि ! ७३ औं प्रजातन्त्र दिवस मनाउँदै गर्दा सबैले उपरोक्त विषय मनन गरुन्शु- भकामना ।

-श्रेष्ठ राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख हुनुहुन्छ ।