२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालको वैधानिकताबारे आयोगले इजलास गठन गर्ने



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको वैधानिकताबारे निर्वाचन आयोगले पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छलफल गरेको छ । छलफलपश्चात आयोगले सो पार्टीको वैधानिकताबारे इजलास गठन गर्ने भएको छ ।

छलफलमा दुवै पक्षले आ-आफ्नो आधिकारिकता दावी गर्दै एकता सम्भव नरहेको बताएपछि आयोगले वैधानिक ढंगले विवाद समाधानको प्रयास थालेको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ मा ‘विवादका पक्षहरू उपस्थित भई विवाद निरुपण गर्न सहमत भएमा आयोगले पक्षहरूबीच भएको सहमति बमोजिम विवाद निरुपण गर्ने’ उल्लेख गरिएको छ । आजको छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुने आयोगले बताएको छ ।