२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालको वैधानिकताबारे आयोगले इजलास गठन गर्ने



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको वैधानिकताबारे निर्वाचन आयोगले पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छलफल गरेको छ । छलफलपश्चात आयोगले सो पार्टीको वैधानिकताबारे इजलास गठन गर्ने भएको छ ।

छलफलमा दुवै पक्षले आ-आफ्नो आधिकारिकता दावी गर्दै एकता सम्भव नरहेको बताएपछि आयोगले वैधानिक ढंगले विवाद समाधानको प्रयास थालेको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ मा ‘विवादका पक्षहरू उपस्थित भई विवाद निरुपण गर्न सहमत भएमा आयोगले पक्षहरूबीच भएको सहमति बमोजिम विवाद निरुपण गर्ने’ उल्लेख गरिएको छ । आजको छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुने आयोगले बताएको छ ।