काठमाडौं । नेपाल वायुसेवा निगमको संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएपछि त्यसको विरोधमा एयरलाइन्सका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले शुक्रबारदेखि महाप्रवन्धकको कार्यकक्ष ताला लगाएका थिए । प्रहरीले आज उक्त ताला खोलेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम प्रहरीले त्यहाँ पुगी ताला खोलेको हो । यता निगमका कर्मचारीहरुले भने प्रहरीले जबर्जस्ती ताला खोलेको भन्दै विरोध जारी राखेका छन् ।
निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने गरि तयारी शुरु भएसँगै कर्मचारी भने संस्थान नै रहनुपर्ने माग कर्मचारीले राखेका छन् ।