२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सको कार्यालयमा कर्मचारीले लगाएको ताला खोलियो (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमको संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएपछि त्यसको विरोधमा एयरलाइन्सका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।  कर्मचारीले शुक्रबारदेखि महाप्रवन्धकको कार्यकक्ष ताला लगाएका थिए । प्रहरीले आज उक्त ताला खोलेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम प्रहरीले त्यहाँ पुगी ताला खोलेको हो ।  यता निगमका कर्मचारीहरुले भने प्रहरीले जबर्जस्ती ताला खोलेको भन्दै विरोध जारी राखेका छन् ।

निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने गरि तयारी शुरु भएसँगै कर्मचारी भने संस्थान नै रहनुपर्ने माग कर्मचारीले राखेका छन् ।