२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन चल्न नदिने नाउपाको चेतावनी



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न संसद्समक्ष आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गर्दै अन्यथा सदन अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “जबसम्म लाल आयोगको प्रतिवेदन सार्वजनिक हुँदैन तबसम्म सदन चल्न सक्दैन ।” सांसद चौधरीले प्रतिवेदन सार्वजनिक नगरे सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

तराई, मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्य–तथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठन भएको थियो ।

टीकापुर घटनाबारे ०७३ असोज ६ गते गठित आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि माग गर्दै आएका छन् ।