२१ असार २०८३, आईतवार
,
Latest
पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् बलिउडका लिजेन्ड दिलीप कुमार



अ+ अ-

काठमाडौं । बलिउडका लिजेन्ड अभिनेता दिलीप कुमारको निधन भएको छ । 

उनको बुधबार बिहान ९८ वर्षको उमेरमा ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा े निधन भएको सो अस्पतालका डाक्टरले जनाएका छन् ।

११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । २२ वर्षको उमेरमा नै उनी फिल्मी क्षेत्रमा लागेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाउन सकेन ।

उनले करिब पाँच दशकको करियरमा करिब ६० वटा फिल्ममा काम गरे । थोरै भएपनि राम्रो हुनुपर्छ भनेर उनले केही फिल्ममा अभिनय गर्न अस्वीकारसमेत गरेका थिए ।

उनका चर्चित फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहेको छ । उनको अन्तिम फिल्म किला ( १९९८ ) हो।

दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारको रुपमा दिलीप कुमार सबैभन्दा अगाडि छन् ।

२००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका उनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । १९९४ मा उनलाई दादा साहेब फाल्के अवार्ड पनि मिल्यो ।