२१ असार २०८३, आईतवार
,
Latest
पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैसाथ मिसाएर यी खानेकुरा किन खानु हुँदैन ? यस्ता छन् कारण



अ+ अ-

काठमाडौं । केही खाने कुरा यस्तो हुन्छ जो एकसाथ मिसाएर खाएमा हानीकारक सावित हुनसक्छ । त्यसैले केही कुरा खान अघि त्यसबारे ज्ञान हुन जरुरी छ । तपाईको शरिरलाई यी खानेकुराले वेफाइदा मात्र नभएर स्वास्थ्यलाई नै हानी गर्छ । तपाईको लागि त्यस्ता खाने कुरा विष पनि बन्न सक्छ । सबै खानाको आफ्नै महत्त्व र विषेशता छन् । यदि खानामा सहि ब्यालेन्स गरेर नखाए यसले तपाईको ज्यान पनि लिन सक्छ । त्यसैले आजबाट हासियार खान अघि जान्नुहोस् यी खाने कुरासँगै खाँदा यस्ता असर देखापर्छन् । 

१) दुधको साथमा घ्यु अन्डा, रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।

२) माछा र सक्खर सँगै खान हुँदैन यसले पित्त विगार्छ ।

३) परेवाको मासु, दुध र मह लामो समयसँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।

४) दुधको साथमा बडर, काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।

५) भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

६) गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।

७) भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन संगै खाएमा यसले पेटमाअम्लपित्त बढाउँछ ।

८) करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

९) हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ ।

१०) बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास गर्छ। (एजेन्सीको सहयोगमा)