काठमाडौं । केही खाने कुरा यस्तो हुन्छ जो एकसाथ मिसाएर खाएमा हानीकारक सावित हुनसक्छ । त्यसैले केही कुरा खान अघि त्यसबारे ज्ञान हुन जरुरी छ । तपाईको शरिरलाई यी खानेकुराले वेफाइदा मात्र नभएर स्वास्थ्यलाई नै हानी गर्छ । तपाईको लागि त्यस्ता खाने कुरा विष पनि बन्न सक्छ । सबै खानाको आफ्नै महत्त्व र विषेशता छन् । यदि खानामा सहि ब्यालेन्स गरेर नखाए यसले तपाईको ज्यान पनि लिन सक्छ । त्यसैले आजबाट हासियार खान अघि जान्नुहोस् यी खाने कुरासँगै खाँदा यस्ता असर देखापर्छन् ।
१) दुधको साथमा घ्यु अन्डा, रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।
२) माछा र सक्खर सँगै खान हुँदैन यसले पित्त विगार्छ ।
३) परेवाको मासु, दुध र मह लामो समयसँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
४) दुधको साथमा बडर, काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
५) भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
६) गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७) भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन संगै खाएमा यसले पेटमाअम्लपित्त बढाउँछ ।
८) करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
९) हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ ।
१०) बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास गर्छ। (एजेन्सीको सहयोगमा)