२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीहरु पक्राउ



अ+ अ-

स्याङजा । विभिन्न मुद्दामा अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रही फरार रहेका २० जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी, लागूऔषध, बैदेशिक रोजगार, सवारी ज्यान नाता कायम, करकाप, गालीवेईज्जती लगायतका बिभिन्न मुद्दामा विभिन्न समयमा फैसला भई लुकिछिपि बसेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङजा तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले असार ७ देखि २२ गतेसम्मको अवधिमा पक्राउ गरेको हो । 

फरार अभियुक्त पक्राउ गर्ने योजना सहित निग्रानी तथा खोजी गर्ने क्रममा २०३९ देखि सवारी ज्यान मुद्दामा फरार रहेका  पुतलीबजार नगरपालिका-६ बस्ने ६५ वर्षीय मोति प्रसाद गुरूङ, २०७० मा जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय भई फरार रहेका अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ७१ वर्षीय मन बहादुर रोकाहा लगायतका उनीहरुलाई पक्राउ गरिएको हो । 

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत स्याङजामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।